महालक्ष्मी विकास बैंकले दियो राजवंशीलाई छात्रवृत्ति


काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन हनुमान माध्यामिक विद्यालय पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ति बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरे ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य श्याम सुन्दर रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताए ।बिद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *