श्री एयरलाइन्सको उडान आजदेखि पुनः नियमित


काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो । आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले नियमित उडान सुरु भएको जानकारी दिए । शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *