सप्तरीको राजविराज क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले सप्तरीको राजविराज र आसपासका क्षेत्रमा सतर्कता अपनाउ आग्रह गरेको छ ।
महाशाखाले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा भारी वर्षा भएका कारण नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।
सूचनामा भनिएको छ– पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाऔँ।