बञ्चरेडाँडामा फोहोर फाल्न प्रहरी परिचालन

काठमाडौं । नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाले प्रहरी स्कर्टिङको सहयोग लिएर फोहोर फाल्न थालेको हो ।

अहिले फोहोरसँगै एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालले जानकारी दिए । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर केहि समदेखि विसर्जन हुन सकेको छैन ।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो् । यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *