स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् ।

उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा शुक्रबार अर्थमन्त्री महतले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरूलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताए । उनले कोभिडपछि नेपाली युवाहरू टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताए ।

महतले युवाहरूसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फन्डको व्यवस्था समेत सरकारले गरेको जानकारी गराए । महतले युवा उद्यमीहरूले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरू उत्पादन गर्नेहरूलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । उनले सरकारले स्टार्टअप उद्यमीहरूले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताए ।

महतले भने,‘ टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तीब्र रुपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरूले सफ्टवेयरहरू निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरूलाई अनुदानको व्यवस्था गरेका छौं । सरकारले स्टार्टअप उद्यमीहरूले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौं।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *