मेयर बालेन र उपमेयरविरुद्ध नारा- गरिब होइन, गरिबी हटाऊ

काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडि शनिबार प्रदर्शन गरिएको छ ।

आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटिमण्डपस्थीत महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सवैलाई गरिखान दिन अन्य स्थानमा बिकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले महानगरका मेयर र उपमेयरविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *