रवि लामिछाने-रास्वपाको दबावले सरकार भ्रष्टाचारका फाइल खोल्न वाध्य भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो पार्टीको दवावका कारण सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न वाध्य भएको दावी गरेका छन् ।

आज ९सोमबार० काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले रास्वपाले भ्रष्टाचारविरूद्धको आवाजलाई बुलन्द पारेको र सरकारले त्यसैबाट प्रेरणा लिएर पुराना फाइल खोलेको बताएका हुन् ।
‘मैले सरकारको काम कारबाहीलाई पनि भनेको छु, जसरी भ्रष्टाचारविरूद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो । सम्भवतः यो आगमनले कहीँ न कहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,’ उनले भने ।

पुराना दलले २०८४ साललाई सम्झेर पनि भ्रष्टाचारका फाइल खोलेको उनको भनाइ छ । यसलाई आफूले राम्रो संकेतको रूपमा लिएको उनले बताए । ‘अहिले फाइल खोलिएन भने २०८४ सम्म त के हो केरु भन्ने लागेकै हुनुपर्छ । यसमा हामी खुशी छौं,’ उनले भने, ‘सरकारले आउने निर्वाचनसम्ममा भ्रष्टाचारबारे धेरै सरसफाइ गर्न भ्याएछ भने हाम्रो काम पनि सजिलै हुनेछ ।’

रास्वपाको उपस्थितिले राजनीतिक दलहरू चलायमान उनको दाबी छ । ‘हाम्रो उपस्थितिले मात्रै पनि सदनदेखि सरकारसम्म र विभिन्न राजनीतिक दलहरूमा जुन किसिमको एउटा चलायमान अवस्था देखिएको छ । यो आफैंमा एउटा राम्रो संकेत हो,’ उनले भने । त्यसैगरी उनले आफ्नो पार्टीले आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्न आवश्यक व्यवस्था मिलाउने प्रयास गरिरहेको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *