साउनमा ग्लोबल आईएमई बैंकको महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले महिला ग्राहकलाई लक्षित गरी साउन महिना स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

यो योजना १६ साउनदेखि सीमित अवधिका लागि लागु हुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको बैंकले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *