गृहमन्त्री श्रेष्ठ : प्रधानमन्त्रीको सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छोड्दिनँ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन् ।

बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका हुन् । उनले अनुसन्धानका क्रममा आफ्नै पार्टीका नेता कार्यकर्ता दोषी पाइए नछाड्ने प्रतिवद्धता जनाए ।

सरकारले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियान चलाइरहेको छ । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरा, उपमहासचिव वर्षमान पुनको पनि सुन प्रकरणमा जोडिएको छ । तर, उनीहरूले आफू संलग्न नभएको प्रष्टीकरण दिइसकेका छन् । यद्यपि, सरकारले छानबिन गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *