लघुवित्त पीडित र प्रहरीबीच बिजुली बजारमा झडप
काठमाडौं । राजधानीको बिजुली बजारमा लघुवित्त पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका लघुवित्त पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ ।
लघुवित्त पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।