एभरेष्ट बैंकको लोभलाग्दो प्रगति


काठमाडौं । एभरेष्ट बैंकले गएको आर्थिक वर्ष ३ अर्ब ३९ करोड खुद नाफा कमाएको छ । बैंकले चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो आवभन्दा ३६.८५ प्रतिशत नाफा कमाएको उल्लेख गरेको हो । अघिल्लो वर्ष २ अर्ब ४७ करोड नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड रुपियाँ छ ।

चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ४२ प्रतिशत बढी छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.७९ प्रतिशत छ । त्यस्तै सञ्चालन नाफा ४ अर्ब ८४ करोड रुपैयाँ छ । खुद ब्याज आम्दानी ७ अर्ब ४४ करोड रुपैयाँ भएको छ भने रिजर्भको आकार बढेर १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३१.७२ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *