नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब २९ करोड


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ । बैंकले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको उल्लेख गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८३ लाख रुपियाँ छ । खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.३५ प्रतिशत पुगेको छ ।

सञ्चालन नाफा ७ अर्ब ४६ करोड रुपियाँ छ । खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड रुपियाँ भएको छ । त्यस्तै रिजर्भको आकार बढेर २३ अर्ब ८९ करोड रुपियाँ पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) १६.०७ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । तत्कालीन मेगा र इन्भेष्टमेण्ट बैंक मर्ज भई इन्भेष्टमेण्ट मेगाको नाममा यसै आवको कारोबार शुरु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *