संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् । उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् ।
आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन । एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ ।