प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग लिएर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भोलि बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

सभामुख घिमिरेले आजको बैठकको कार्यसूची हटाएपछि सत्ता पक्षका सांसदले उठेर विरोध जनाए । त्यसपछि घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट चित्तबुझ्दो जवाफ नआएको एमालेले जनाएको छ ।

एमालेले आफ्ना माग राखे पनि संसदको नियमित कार्यसूची हटाएर जनताको आवाजलाई बोल्न नदिएको भन्दै सत्ता पक्षका सांसदहरूले आपत्ति जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *