सामाजिक संजालबाट महिलाको चरित्रहत्या गर्ने व्यक्ती पक्राउ

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्ती प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थायी ठेगाना दैलेख, साबिक बडाखोला गा.बि.स.वडा नं. ९ भएका ३९ वर्षीय तुलाराम सारू रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयको बाँके सहयोगमा साउन २३ गते पक्राउ गरेको थियो । पक्राउ परेका सारुलाई जिल्ला अदालत काठमाडौंको आदेशमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

सिमकार्ड किन्न पसलमा पुगेका तुलाराम सारुले मोबाइल चलाउन मन छ तर सिम कार्ड निकाल्नका लागि कुनै नागरिकता नभएको बताउँदै पसले महिलालाई नागरिकता विनै सिमकार्ड उपलब्ध गराउन माग गरेपछि महिलाले परिचय पश्चात आँफूले प्रयोग गरेको सिमकार्ड दिएकी थिइन् ।

पक्राउ परेका सारुलाई सिमकार्ड दिएपछि सामाजिक संजालमा उक्त महिलासंग विहे गर्ने बताउँदै साथि बनेपछि विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी सो क्रियाकलापको महिलाको जानकारी बिनै स्क्रिन रेकर्ड गरेर पटकपटक अश्लील कल गर्न बाध्य पार्दै मानसिक तनाब दिदैँ आएका थिए ।

महिलाले उक्त पुरुषले दिएको तनाब सहन नसकेर फेसबुकमा ब्लक गरेपछि पक्राउ परेका तुलाराम सारुले नक्कली फेसबुक प्रोफाइलबाट अश्लील तस्विरहरू महिलाका आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गरेपछि कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले ब्यूरोमा निवेदन दिएकी थिइन् ।

साथै आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामाग्री लगायतका व्यक्तिगत सामाग्री तथा विवरणहरू अरूलाई अनावश्यक उपलब्ध नगराउनु हुन एवं विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्न नेपाल प्रहरी साइबर ब्यूरो सबैलाई अनुरोध समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *