९० बर्षिय नानि आमा
९0 वर्षिय सबैका नानि आमाको जिवनि उहाँकै मुखारविन्दवाट गरिएको कुराकानि । सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोट पानी ट्याङकि बस्ने निकै सङघर्षशिल सबैकि प्यारि यस टोलको सवै भन्दा जेठि नानी आमाका हात गोडा थिर नभए जस्तो छ । तर बुढ्याइँपनको अनुहार सुकिला लुगामा सजिएर पिडि जस्तो भुई वरण्डामा बस्नु भएकि हसिलो मुहारमा हुनु हुन्थ्यो । मैले सोधें
नमस्कार आमा ?
नमस्कार वावुु ।
ठिक छ तपाईंलाई ?
गहभरि आशुं पारेर ठिक छ वावुु भन्नु भयो ।
आमा तपाईको जिवनका विषयमा मलाई केही भनी दिनुहोस् ?
बाबु मेरो जिवन निकै सङघर्ष पुर्णले वित्यो । मैले धेरै दुख पाए। ३ छोरा १ छोरी पाए पछि श्रीमान वित्नु भयो । सगरले थिचे झै भयो ।बालवच्चाका लागि आफना जिवनले धेरै दुख पायो । एक झुम्रो लाउन र एक गाँस खानमा निकै धौ धौ थियो । खेतिपातिवाट खासै उव्जनि हुदैनथ्यो । धान जति फलाए पनि तल्छिङलाई आधा दिन लैजानु पर्थ्यो । नलगेमा प्रहरी ल्याउँथ्यो । किनकि त्यतिखेर साहु महाजनको बाहुल्य थियो । बोलि उनिहरुकै मात्र बिक्थ्यो बाबु ।
पुरानो अवस्थाका विषयमा भनि दिनुन आमा ?
यस बालकोट गाउँमा वडा नं १ देखि ९ नं वडासम्म खासै घर थिएन । हामी सवैलाई चिन्थ्यौ । विवाह व्रतवन्ध हुदा सवैलाई निम्ता आउंथ्यो । जानु पर्दथ्यो । हाम्रोमा पनि सवै आउनु हुन्थ्यो । भोज भत्तेर बारिको पाटोमा व्राह्मणले बनाउथे । भोज भत्तेर भनेको दाल भात तरकारी नै हो । हुने खानेले घरमा माछा मासु दिन्थे । त्यसमा खानेकुरा जे दिएता पनि भाइचारा राम्रो थियो । मान मर्यादा सबैमा हुन्थ्यो । अब ती दिनका कुरा कसैले पनि सुन्दैनन् र पत्याउंदैनन भन्नु भयो । दशै चाडवाड आउँदा साहुसगँ ऋण लियो व्याज वढि लिन्थे । तेहि पनि लिनै पर्थ्यो । किनकि दशैमा अरुका बालवच्चाले राम्रा राम्रा लुगा लगाएको देखेपछि म सगँ रुन आउँथे के गर्नु नकिनि सुखै छैन । ऋण काटेर भएपनि बाल बच्चा खुसि पार्नु मेरो अधिकार एवं कर्तव्य नै हो । किनकि मैले बाबु आमा दुवैको भुमिका निर्वाह गर्नु पर्दथ्यो । अरुको काममा पनि गए । फुल्चोकि बनवाट मैले मात्र हैन तिम्रो आमा सवै गाउँलेले दाउरा ल्याउनुपर्थ्यो । रातोमाटो गुण्डुवाट ल्याउनु पर्य्थो । धेरै दुख ज्याला गरेर नुन तेल टारे । हर प्रयास गरेर छोरा छोरी सबै सन्तानलाई हुर्काई बढाई गच्छे अनुसार बिहादान समेत गरिदिए ।
धेरै गार्हो भो हजुरलाई जीवन धान्न आमा तपाईलाई ?
जिवन धान्न त बाबु सवैलाई धौ धौ नै थियो तर महिले अघि नै भनी सके । त्यसमा के हुदो रहेछ भने म एक्ली र बाल वच्चा अलि साना भएको हुदाँ उ वेलामा अलि गार्हो भएको हो। पानी लिन टाढा जानु पर्थ्यो । गाई वस्तुको दूध बेचेर दुई चार रुपैयाँले नून तेल भरथेक हुन्थ्यो । एकजोर कपडा होस अरु मरमसला आदि किन्नका लागि कि पाटन कि काठमाडौसम्म हिडेर जानू पर्दथ्यो । । मिठो मसिनो खानु भन्दा पनि कसरी बाल वच्चालाई टन्न खान दिन सकिन्छ त्यो प्रति मेरो ठूलो जिम्मेवारी थियो र म त्यसैमा चिन्ताको विषयलाई लिएर दौडिरहन्थे । आफु जे जस्तो लाए खाए पनि मेरा लाला बालालाई कसरी ठूलो वनाउन सक्छु त्यो मात्र मेरो मन मस्तिष्कमा खेलिरहन्थ्यो ।
दुखका कुरा गरेर साध्य थिएन वावुु । श्रीमानको मृत्यु पछि गाउँलेबाट जग्गा जमिनका विषयमा दुख दिदाँ झन सहारा विहिन हुन पुगें । तैपनि सङघर्षलाई साथ दिने ईश्वर नै रहेछन् र मेरा अगाडि बाल बच्चाका मुख हेर्न सजिलो बनाई दिने मेरा देवरले जिवनमा तिर्न नसक्ने गुन लगाई दिनुभयो ।उहाँलाई मैले मात्र हैन मेरा परिवारले कहिल्यै भुलने छैनन् ।उहाँ पनि विरामि हुनुहुन्छ रे । अब त बुढो भै सक्नु भयो होला । नदेखेको पनि धेरै भयो । भेट्न ईच्छा थियो मलाई । आफु जान सक्दिन। उहाँ पनि आउन सक्नु हुन्न धेरै सम्झेको छु। मिल्छ भने तपाईले पनि भनी दिनु होला बाबु उ बेलामा मैले धेरै दुख पाए ।बाल वच्चा हुर्कदै गए । जेठो छोराले दुई चार रुपैया कमाउन सक्ने भए पछि घर धान्नका लागि सहज हुँदै गयो । जीवन यसरि नै चलि रहेको थियो । अकस्मात माईलो छोरा बिरामि भयो । एक डेढ वर्ष थला परेर बित्यो । बाबु तिमीलाई थाह छदैछ तिमि जस्तै र तिमिलाई नै सम्झन्छु कान्छो छोरो पनि अकस्मात हृदयघात भएर गत वर्ष बित्यो । मैले आमालाई भने यो विषयमा मलाई खडकि रहेको छ । किनकि वालापनको दौतरिलाई अकस्मात गुमाउनु पर्दा मलाई पनि धेरै दुख लागि रहेको छ । हाम्रा तिता मिठाका शव्दले हामी दुवैजना मनमोहक हुन्थ्यौ । झगडा गर्थ्यौ तर एकै छिनमा हाम्रो मित्रता हराउदैनथ्यो । त्यो दिनको घटनाले म फनफन्ति घुमे किनकि होईन होला जस्तो लाग्यो ।आखिर निष्ठुरि बनी दैव लागेछ । मलाई अझै छ उसको र मेरो सम्वादका यादहरु । भुल्न कठिन नै भैरहेको छ । मेरा पनि गहभरि आँँसु रसाए । दैवले मेरो पुरानो घाउमा नुन छर्कि मलाई वुढेस कालमा झन घात गरयो बाबु ।वज्रपात आयो । स साना नाति नातीना थिए । त्यस विषयमा म कल्पना सम्म गर्न सक्दिन वावु भन्दै उहाँ सार्है दुखका आँसु झार्नु भयो र भन्नु भयो बाबु यस्तो दैव कसैलाई पनि नलागोस् भनी भगवानसगँ प्राथना गर्नु भयो ।
आमा तपाईलाई हिड्न बस्न र खान कतिको सहज छ ?
बाबु जिवनले सुख भन्दा दुख धेरै भोग गर्यो । अहिले मलाई उमेरले गर्दा मात्र दुख हो । मेरा छोरा बुहारी नाति नातिना बुहारि सवैले सक्दो सेवा गरेका छन् । जेठो छोराले एकछिन छोडदैन् । बुहारि आ आफनो काममा जान्छन् । जे भए पनि बाबु अहिलेको अवस्था राम्रो छ । हिडडुल गर्न लठ्ठि चाहिन्छ ।
ट्वालेट आफै जान सक्छु । खानेकुरा त्यति रुचाई हुँदैन । जथाभावि खान सकिँदैन । बाबु पेट कच्चा छ । जे पायो तेहि खादाँ सहदैन । मैले गर्दा अरुलाई दुख दिनु भएन । जे भए पनि मेरो उमेरले गर्दा म स्वस्थ नै छु भन्न पर्छ । कहिले काहि पसलसम्म जान्छु ।
आमालाई सरकारले ज्येष्ठ नागरिकहरुका लागि के गर्दे हुन्थ्यो जस्तो लाग्दछ ?
बाबु अरु त ठिक्कै छ गर्न पर्नेत छोराको कर्तव्य हो तापनि छोराहरुको आम्दानि नहुदाँ उनिहरुलाई पनि गार्हो हुन्छ । यदि सरकारले हामी बुढा बुढीलाई साच्चै नै मायाँ गर्छ भने महिनाको चार हजार होईन आठ हजार दिनु पर्यो । किनकि सरकारले आफै बिचार गरोस न चार हजारले के कति पुग्छ । जनता धेरै दुख मनाउ गरिरहेका छन् ।
अन्त्यमा आमासगँ आशिर्वाद मागे ?
बाबुले मलाई यसरी पुराना दुख सुखका कुराहरु सोध्यौ । मैले मुटुभरि गाठों पारेर जिवनका दुख सुखका कुरा वताए । मनको बह पोखे ।
तिमिलाई मेरो आशिष मिलोस्। दुख कष्ट नपरोस् । सधै भरि हाँसि खुसि रहनु । मुख्य कुरा रोग नलागोस् । सबका सामु झुक्ने र लोभ लाभ नगरि अगाडि बढ्नु सदैव मेरो मायाँ ममता छ । शिर उच्च रहोस मेरो यहिनै तिमिलाई शुभकामना शुभ आशीर्वाद ।
प्रस्तुत कर्ता ।
बिश्वनाथ ढुङगेल
ज्येष्ठ नागरिक समन्वय समिति
संयोजक
सुर्यविनायक नगरपालिका वडा नं ३
बालकोट ।।