म्याद थप गर्न सांसद शर्मालाई काठमाडौं जिल्ला अदालत लगियो
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।
शुक्रबार अपरान्ह शर्मालाई सरकारी वकिलको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।
शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार गोल्फुटारस्थित निजी निवासबाट पक्राउ गरेको थियो ।
शुक्रबार म्याद थपका अदालतबाट बाहिरिने क्रममा सांसद शर्माले आफूमाथि प्रहरीले हातपात गरेको जानकारी दिएका हुन् ।
‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ । हातपात गर्न मिल्ने हो ?,’ बाहिरिने क्रममा शर्माले भने ।
काठमाडौं।नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई म्याद थपका लागि कानूनी प्रक्रिया अघि बढाइएको छ ।