उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय छानविन समिति बन्नुपर्ने निर्णय दलको बैठकमा राखे । हालसम्मका सबै भ्रष्टचारका मुद्धा छानविन गर्ने गरि उच्चस्तरीय समिति बन्नुपर्ने मत पौडेलले राखेका छन् । सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्ने पौडेलले बताए ।

उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलले राखे । कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनले बताए ।

‘सरकार र दल फरक होइनरु सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैनरु’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *