कक्षा १२ को नतिजा साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौं । कक्षा १२ को नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साँझ साँझ ५ बजे नतिजा सार्वजनिक गर्ने जनाएको हो ।
परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्ने तयारी गरिएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब साढे चार लाख विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै ग्रेडसिट दिने व्यवस्था गरेको छ । गत वर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए ।
तीमध्ये २ विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए ।