नेफस्कून स्थापनाको ३६ औं बर्षमा


काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) आजबाट स्थापनाको ३६ औं बर्षमा प्रवेश गरेको छ । २०४५ साल साउन ३२ गते स्थापना भएको उक्त संघ आजबाट स्थापनाको ३६ औं बर्षममा प्रवेश गरेको छ । बचत तथा सहकारी संस्था स्थापना गरी न्युन आय भएका जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ नेफ्स्कूनको स्थापना भएको हो । बचत ऋण सहकारीको माध्यमबाट जनतामा बचत गर्ने भावनाको विकास गरी उनीहरुलाई सबल बनाउने काममा नेफ्स्कूनको भूमिका उल्लेखनीय रहेको छ । नेफस्कून अभियानका कारण आज मुलुभर १४ हजार बढी बचत तथा ऋण सहकारी संस्था खुलेको छन् भने यो अभियानमा लाखौ मानिस आवद्ध भएका छन् । नेफस्कुनकै कारण नेपालको बचत तथा ऋण सहकारी अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

नेपालको बचत तथा ऋण सहकारी अभियानलाइ सबल बनाउन नेफ्स्कून निरन्तर लागि परेको छ । स्तरीकरण कार्यक्रमको माध्यमबाट संस्थाहरुलाई सबल र सुरक्षित बनाउन नेफ्स्कूनले एकसेस, प्रोबेशन र कब्र्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममा आवद्ध भएर सयौं संस्थाले वित्तीय बजारमा आफनो छविलाइ बलियो बनाउन सकेका छन् । त्यसका साथै बचत तथा सहकारीको जोखिम व्यवस्थापनका लागि सुरक्षा कवजको रुपमा नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनमा ल्याएको छ ।

उक्त कोषको माध्यमबाट कुनै पनि बचत ऋण सहकारीमा वित्तीय समस्या आयो भने सुरक्षा कवजको रुपमा त्यसले काम गर्ने छ र संस्थाहरुलाइ दुर्घटनामा पर्नबाट जोगाउने छ । संघमा मुलुकभर रहेको ६५ बचत तथा ऋण सहकारी संघ, ४ हजार ५ सय भन्दा बढी बचत तथा सहकारी संस्था आवद्ध रहेका छन् । संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवद्र्धन,विकास,व्यवसायीकरण,गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेख भूमिका खेल्दै आएको छ । संघले यस पटक ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने मुल नारा अघि सारेको छ । संघले भूमि व्यवस्था,सहकारी तथा गरिबी निबारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा ३६ औं स्थापना दिवस मनाउने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *