जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा–३ नेपाली बजारमा


काठमाडौं । जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपालमा इलेक्ट्रिक–क्रसओभर ओरा–३ बिक्री सुरु गरेको छ । रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको कम्पनीले बताएको छ । प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर जस्ता आधुनिक सुविधाहरूले ओरा–३ लाई आकर्षक बनाएको कम्पनीले बताएको छ ।

ओरा–३ मा ४८ किलोवाटको ब्याट्रीको साथै ४ सय किलोमिटर ड्राइभिङ्ग रेन्ज रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो कारमा सीक्स ओमनी डायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३ सय ६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू रहेको कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *