किन भयो रुटिन अफ नेपाल बन्दको पेज ‘सट डाउन’ ?

काठमाडौं । पेज ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । यो पेजका पलोअर्स ४० लाख रहेका छन् । सुचना आदानप्रदान गर्ने लोकप्रिय पेजको रुपमा परिचित रुटिन अफ नेपाल बन्द नामक पेज बन्द गर्ने निर्णय उक्त पेजका सञ्चालक भिक्टर पौडेलले गरेका हुन । उनले पेजमा उल्लेख गरेका छन् । पेज डायन गर्न बोल्ड निर्णय भयो । पेजका मालिकले उक्त निर्णय गरेपछि फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएका छन् ।

मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस पोष्ट गरेपछि बालेनको सबैपक्षबाट आलोचना हुन पुगेको थियो । भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गरेको तर समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको भने उल्लेख नगरी पोष्ट भएको थियो ।

त्यसपछि भर्खरै सन्तानलाभ भएको खबर प्रकाशन गरेको आरोप रुटिनमाथि लागेको र केही समयपछि उक्त पेजले आफ्नो स्टाटस सच्याएर ‘केही दिनअघि’ भनेर थपेको थियो । बालेन र भिक्टर नजिकका साथी भएकाले निर्वाचनमा उमेदवारी दिएपछि बालेनको सकरात्मक पक्षका बारेमा समाचार सम्प्रेशन गर्दे आइरहेको बेला बालेनले सरकारका विरोधमा धम्कीपूर्ण पोष्ट गरेपछि पेजका मालिकलाई चौतर्फी दबाब पर्न थालेपछि उनले पेज बन्द गरेको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *