सिंहदरबारमा प्रधानमन्त्री र श्रम गन्तव्य देशका प्रमुखबीच बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री र श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखहरुबीचको बैठक सुरु भएको छ । सिंहदरबारमा केहि बेरअघिबाट सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ ।

बैठकमा श्रम आप्रवासनका सवालहरु र कुटनैतिक नियोगको भुमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वैदेशिक श्रम स्वीकृतिदेखी कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम बैठकले गर्नेछ । बैठकमा विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा मुख्यतः छलफल केन्द्रीत हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बैठकले सुरक्षित श्रम गन्तव्यको लागि आवस्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *