आज बुबाको मुख हेर्ने दिन
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥
अर्थात
पिता धर्म हुनुहुन्छ
पिता स्वर्ग हुनुहुन्छ,
पिता परम तपस्या हुनुहुन्छ,
पिताले प्रसन्नता प्राप्त गर्दा
सबै इष्टदेव समेत प्रसन्न हुन्छन् ।
भाद्र कृष्ण औँषीलाई बुबाको मुख हेर्ने औँषी पनि भनिन्छ । आज बुबाको दिन, एक अवसर हो जसले हामीलाई हाम्रो बुबा, शारीरिक र पक्कै पनि हाम्रो जीवनमा हुन सक्ने कुनै पनि बुबा-आकृतिप्रति कृतज्ञ हुन पक्कै सम्झाउँछ ।आफ्ना बाबुप्रती कृतज्ञता देखाउनको लागि, यस दिनलाई धेर मानिसहरूले राम्रो अवसरको रुपमा लिन्छन ।
आजको दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, लत्ताकपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर आफ्ना बुबाप्रती सद्भाव, प्रेम र स्नेहता व्यक्त गर्दछ्न भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तै: गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णु पादुका र वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी सम्झना गर्ने गर्छन् ।