सूर्य कुण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाण्डौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।
सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।