राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले सो कुरा बताएका हुन् ।

स्व.सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ ।’

कठिन समयमा पनि लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *