ललितपुर उद्योग वाणिज्य संघमा बज्राचार्य प्यानलको उम्मेदवारी घोषणा


काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलले उम्मेद्वारी घोषणा भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा प्यानलको उमेदवारी घोषणा गरिएको हो । बज्राचार्य प्यानलको वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, ३ जना उपाध्यक्षमा मुकुन्द महर्जन,आपुलाल अवाले र राकेशभक्त गुल्मी रहेका छन्।

त्यस्तै महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य उम्मेदवार छन्। हाल वर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको दाबी गरेका छन् । संघको साधारणसभा आगामी असोज १९ गते हुने छ। संघको अध्यक्ष पदमा हाल तीन जनाले आकांक्षा देखाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *