सर्लाहीमा प्रहरीले उठायो चिताबाटै शव, पतिसहित ३ जना पक्राउ

काठमाडौं । सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव घाटनमा जलाउन लागेको अवस्थामा प्रहरीले बुधबार चिताबाट नियन्त्रणमा लिएको हो ।

घटना शंकास्पद देखिएपछि चिताबाटै युवतीको शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए । उनका अनुसार युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । तर, ती युवतीले पासो लागेर आत्महत्या गरेको जस्तो देखिएकाले घटना शंस्कास्पद रहेको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । उनको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाबारे विस्तृत थाहा हुने प्रहरीको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *