अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर नवौं बर्षमा,२ लाख ५० हजारलाई सेवा प्रदान
काठमाडौं । काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टाङ्ग आयूर्बेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ८ बर्ष पुरा गरी नबौं बर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोगको निवारण गर्ने मुल उद्देश्य बोकेर स्थापना भएको उक्त अस्पताल आयूर्बेद क्षेत्रमा २५ बर्ष सेवा गरिसकेको व्यक्तिहरुद्वारा सञ्चालन भइरहेका छन् । अस्पताल सञ्चालनको ८ वर्ष पूराहुँदा आयर्बेद क्षेत्रमा अष्टाङ्ग आयूर्बेद विश्वासिलो कम्पनीको रुपमा स्थापित छ । विश्वसनीय सेवाकै कारण ९ बर्षसम्म आइपुग्दा हस्पिटलले २ लाख ५० हजार बढीलाई सेवा दिइसकेको छ । हाल काठमाडौंको कलंकी र कोटेश्वरबाट सेवा प्रदान गरिरहेको हस्पिटलले आफ्नो प्रभावकारी सेवालाई विस्तारै देशैभरी फैल्याउने लक्ष्य राखेको छ । अष्टाङ्ग आयुर्वेदले आयुर्वेद उत्पादक कम्पनी प्रोग्रेसिभ हर्बल उद्योग, उत्पादन विक्री वितरण गर्ने प्रोग्रेसिभ इन्टरनेशनल प्रा।लि। र औषधी विक्रेता कम्पनी सुखायु आयुर्वेदिक फार्मेसी गरी दुई भातृसंस्था सञ्चालन गर्दै आएको छ । यी सबै कम्पनीमा गरी अष्टाङ्गले १२५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । अष्टाङ्गमा विशेषगरी एलोपेथिक र प्राकृतिक उपचार पद्दतीबाट सम्भव नभएर थाकेका निराश रोगीहरु आउने गरेको अष्टाङ्ग आयुर्वेद हस्पिटलका प्रबन्धक सञ्चालक सञ्चालक हृदयनारायण चौधरीले जानकारी दिए । त्यस्ता सबै रोगीहरु अष्टाङ्ग आयुर्वेद हस्पिटलको उपचारबाट सन्तुष्ट रहेको उनले दाबी गरे । दीर्घ र ठूला धेरै रोगको सफल उपचार गरिसकेपछि थप विश्वसनीयता कमाइसकेको यो हस्पिटलले विरामीहरूलाई बस्ने बेडसहित सरल, आधुनिक र प्रभावकारी तरिकाबाट उपचार सेवा पु¥याउँदै आएको छ । आफ्नो विश्वसनीयता र नामसँगै आयुर्वेद क्षेत्रमा अष्टाङ्ग उदाहरण बनिरहेको सञ्चालक चौधरीको भनाई छ । हस्पिटलले विभिन्न अवसरहरूमा निःशुल्क चेक जाँच तथा स्वास्थ्य शिविरको आयोजना समेत गर्दै आएको छ ।
‘सस्तो र भरपर्दो सेवाको लागि सधैं र सबैको लागि’ नारा सहित आयुर्बेद उपचार केन्द्रको रूपमा स्थापना भएको यो अष्टाङ्गले पछिल्लो समयमा आयुर्वेदिक उपचार बैकल्पिक बन्दै गएकाले व्यवस्थित ढंगले हस्पिटल नै खोली सेवा सुरूवात गरेको हो । आयुर्वेद पद्दतीबाट रोगको उपचार गरिने यो आयुर्वेद हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचारसँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म, (स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तिकर्म, न्श्य, बमन, बिर्यचन), अग्नीकर्म, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाहरु उपलब्ध छन् । त्यस्तै हस्पिटलमा योगा हल, थेरापी हललगायतका सम्पूर्ण सुबिधा पनि रहेका छन् । पायल्स, फिस्टुला, फिसर, जोर्नी दुख्ने, मासपेशी दुख्ने, हातगोडा दुख्ने, शरिर कटकटी खाने, सुगर, युरिक एसिड, बाथ, हड्डी खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, पेट पोल्ने, घाँटी पोल्ने, पिनास, कब्जियत, ग्याष्टिक (अमलपित्त), दम, मधुमेह (डायविटिज), महिनाबारी गडबडी, खोकी, निमोनिया, यौन दुर्वलता, दाद, एलर्जी, प्रेसर आदी रोगको उपचार अनुभवि तथा विज्ञ डाक्टरहरूद्वारा उपचार गर्ने गर्दछ । त्यस्तै यो हस्पिटलमा छालामा मुसा पलाएको र गर्दनमा मासु पलाएको रोगको विशेष उपचार हुने गर्ने हस्पिटलले जानकारी दिएको छ ।