मंगलबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घट्यो
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।