एमालेका ६ केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं । नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको हो ।

पद रिक्त भएको जानकारी बुधबार बसेको सचिवालय बैठकमा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले गुलाबजगं शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो ।

शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । तर रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित भएका थिए । रिजाल लुम्बिनी, अधिकारी गण्डकी, दाहाल वागमती र ढकाल कोशी प्रदेश अध्यक्षको उम्मेदवार बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *