टाटा प्यासेन्जर भेहिकलका लागि कपनमा नयाँ वर्कशप सञ्चालनमा
काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा प्यासेन्जर सेग्मेन्टका गाडीलाई लक्षित गर्दै काठमाडौंको कपनमा नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र टाटा मोर्टस प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मयांक बल्दीले वर्कशप उद्घाटन गरे। करिब ११ हजार ८ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको वर्कशपमा प्यासेन्जर सेग्मेन्टका गाडीका इन्जिन, टायर, सस्पेन्सन, एसी लगायतको मर्मत संभारको सुविधा रहेको कम्पनीले जनाएको छ।
वर्कशपमा डेन्ट पेन्टको पनि सुविधा छ। विद्युतीय गाडी जाँचका लागि विशेषज्ञ प्राविधिकको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ स्टेसन, ७.२ किलोवाट क्षमताको चारवटा एसी फास्ट चार्जिङ स्टेसन र ३.३ किलोवाट क्षमताको आठवटा एसी स्लो स्टेसन लगायत १२ वटा ‘बे हरु’ छन्। टाटा मोर्टस प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड बल्दीले पछिल्लो समय टाटा मोर्टसका प्यासेन्जर गाडी नेपालमा ग्राहकको पहिलो रोजाइमा परिरहेको बताए। ग्राहकलाई आवश्यक सर्भिस उपलब्ध गराउन नयाँ वर्कशप सञ्चालनमा ल्याइएको उनको भनाइ छ। सिप्रदी ट्रेडिङका सीईओ श्रेष्ठले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप दक्ष जनशक्तिसहित नयाँ वर्कशप सञ्चालनमा ल्याएको बताए।