कुमारी बैंकको शाखा जुम्लाको चन्दननाथमा


काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले मंसिर ४ मा चन्दननाथ शाखा सञ्चालनमा ल्याएको हो । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्राप्त हुने बैंकको विश्वास छ ।

बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ । २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *