कोशी सरकार बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै


विराटनगर । कोशी प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ । प्रदेशसभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए ।

अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुनस् प्रतिस्थापन विधेयक ल्याएका थिए । नयाँ मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक पेश गर्न लागेका हुन् । विधेयकमा भौतिक पूर्वाधारको क्षेत्रमा २५ लाखभन्दा मुनिका नयाँ आयोजना नराख्ने सरकारले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *