काठमाडौं मेडिकल कलेजले ८० प्रतिशत लाभांश बाँड्ने


काठमाडौं । काठमाण्डौं मेडिकल कलेज (केएमसी)पब्लिक लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । मेडिकल कलेजको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मेडिकल कलेजले गत आर्थिक वर्ष २०७९।८०को नाफा ४ करोड ८५ लाख २० हजार ४ सय ८५ रुपैयाँ मध्येबाट २० प्रतिशत रकम संचित मुनाफामा राखी बाँकी ८० प्रतिशत अर्थात् ३ करोड ८८ लाख १६ हजार ३ सय ८८ रुपैयाँ (चुक्ता पुँजीको ६.४६ प्रतिशत करसहित)का दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

मेडिकल कलेजले लाभांश पारित गर्न पुस १३ गते काठमाडौंमा बिहान ११ बजे १४औं वार्षिक साधारणसभा डाकेको छ । सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, मेडिकल कलेजको सभाले कम्पनीको नियमावली संशोधन, अस्पताल स्तरवृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा संचालन गर्ने, स्वास्थ्य सेवा संचालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्ने पर्ने भए सोको लागि स्रोत जुटाउन विभिन्न बैंकहरूबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *