एसीसी यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो । यूएई आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

साथै आज भएको पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक समेत बनाएका छन् । उनले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

अबको केहि समयमा पाकिस्ताका खेलाडिहरु ब्याटिङ गर्न आउने छन् । खराब ब्याटिङ गरेको नेपाल भने बलिमा राम्रो गनूपर्ने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *