यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत अन्तिम खेलमा आज नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईको आइसिसी एकेडेमी ओभल- २ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने निम्तो पाएका हुन् । नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनुका साथै पाकिस्तानले अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्नु पर्नेछ ।

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *