नेफ्स्कुनको सञ्चालक पदमा राधा कडरियाको उमेदवारी दिने


काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को सञ्चालक समितिको सदस्य पदमा राधा कडरियाले उम्मेदवारी दिने भएकी छिन्। नेफ्स्कूनको निर्वाचन सहितको ३२औं साधारण सभा पौैष ७ र ८ गते हुँदैछ । सभाले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले कडरियाले उक्त पदमा उमेदवारी दिने घोषणा गरेकी हुन् । नेफ्स्कुन बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय संघ भएपनि प्रारम्भिक सहकारीहरुले अभिभावकत्वको अनुभव गर्न नसकिरहेको बर्तमान परिप्रेक्ष्यमा सबै संस्थाको अभिभावकत्व महसुस गर्ने गरी आफुले काम गर्ने उनले बताइन् । समस्या पर्दा प्रारम्भिक संस्थाहरुलाई नेफस्कुनले सघाउँछ भन्ने विश्वास दिलाउने गरी आफु सञ्चालक पदमा रहेर भूमिका खेल्ने उनको प्रतिवद्धता छ । पछिल्लो समय सहकारीप्रति हेर्ने आम दृष्टिकोण नकारात्मक बनिरहेकाले त्यसलाई चिर्न पनि आफ्नो सक्रियता रहने उनले बताइन् । सहकारीलाई सहकारीकै रुपमा स्थापित गरी लक्षित समुहको आर्थिक सामाजिक रुपान्तरणमा भूमिका खेल्ने उनको भनाई छ ।

विगत २६ वर्षदेखि सहकारीमा जोडिएको र पूर्ण रुपमा सहकारीलाई नै आफ्नो लक्ष्य बनाएर क्रियाशील रहेकाले साकोस अभियानलाई नेतृत्व दिन आफु सक्षम रहेको उनको दावी छ । प्रारम्भिक संस्था सञ्चालनको लामो अनुभव सँगालेकी कडरिया बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको सञ्चालक समेत रहेकी छिन् । सहकारी ऐनको कार्यान्वयन र अभियानका छविलाई उच्च बनाउन आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने उनको प्रतिवद्धता छ । कडरियाले राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित ‘डिल्पोमा इन को अपरेटिभ म्यानेजमेन्ट’ का फस्ट ब्याचबाट दिक्षित भइसकेकी छिन् । ऐनमा भएको व्यवस्था अनुसार सहकारी अभियानमा महिला नेतृत्व बढाउनका लागि यसपटक आफू नेतृत्वमा जाने र आगामी दिनमा अरुहरुलाई पनि प्रेरणा दिन कोशिस गर्ने उनले जनाइन् । मुलुकभरका बचतऋण सहकारीकर्मीबाट साथ सहयोग पाएर नेतृत्वमा पुग्ने अपेक्षा उनको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *