सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई ,आजै फैसला आउन सक्ने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवइ हुने छ । सन्दीप पक्षबाट दुईजना कानुन ब्यवसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।
गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको फाइनल बहस सुरु भएको हो । आज लन्च समयसम्ममा बहस सकिने छ। त्यसपछि जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। सन्दीप पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यवसायी सरोजकृष्ण घिमीरेले आज बहस गर्ने छन् । शुक्रबार फैसला आउन सक्ने सम्भावना धेरै रहेको कानुन व्यवसायीहरूको विश्वास छ ।
लामो समयसम्म पेसी सर्दै आउने र सुनुवाइ हुँदै हेर्दाहेर्दैमा राखेपछि न्यायाधीश पनि आलोचित भएका छन् ।