मन्त्रीमण्डल पुनर्गठन छलफलमै छ : प्रवक्ता सापकोटा

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल पुनर्गठनको विषय छलफलमै रहेको र अहिले निष्कर्षमा नपुगेको बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेको बताएउदै यो विषय अहिले छलफलमै रहेको बताएका हुन् ।

गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनःगठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ ।

तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भनेपनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ। त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *