मधेशमा एमालेबाट विजेता र उषाले गरिन् मनोनयन दर्ता
जनकपुरधाम । राष्ट्रिय सभा सदस्यका लागि मधेश प्रदेशमा एमालेबाट अन्य तर्फ विजेता झा र महिलाकोतर्फ उषा देवी थरुनीले मनोनयन दर्ता गराएका छन् ।
मधेश प्रदेशमा रिक्त अन्य र महिलातर्फको रिक्त पदका लागि एमालेले दुवै महिलाले मनोनयन दर्ता गराएकी हुन् । एमालेले अन्यतर्फ अर्जुन सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, सिंह उम्मेदवारी दर्ता गराउन आउँदा मतदाता नामावलीमा नाम नभेटिएपछि उनको उम्मेदवारी दर्ता भएन । उनको स्थामा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो ।
मनोनयन दर्ता गराएको झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् ।