तपस्वी बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइयो

सर्लाही । अनुयायी बेपत्ता पारेको अभियोगमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा आज उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एसपी प्रविण धितालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार राति सर्लाही ल्याएको थियो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडास्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

युवतीमाथि यौन दूराचार तथा अनु्यायी बेपता बनाएको आरोपमा उजुरी आएपछि २०७६ सालमा बम्जनविरुद्ध पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गर्दै आएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *