देवकोटादेखी नेहरु स्टालीन सम्मका तम्बाखु अम्मलीहरु
घरमा बिहानै खाएको पिएकोले नपुगेर बिहानको डुलाईको निहुमा चीया पसलमा बसेर चीया चुरोट खैनीको जोगार गर्दै गफाडी पार्टीका सहभागीहरुसँग आफुपनि सम्मिलित हुन छुट्टै बजेट ब्यबस्थापन गर्नुपर्ने हुन्छ । चीया चुरोट खैनीको अम्मल देख्दा केही साहित्यकार देखी केही राजनीतिक सञ्चालकहरुको तम्बाखुको अम्मलको सम्झना हुन्छ । चुरोट खैनी चीया पिउँदा विचारहरु खुल्दछ । राजनीतिक,व्यापारिक त कशैलाई साहित्य पनि फुर्दछ । साहित्यकारहरु स्व.मवीवी शाह देखी भारतका तीन महान कविको एउटै सिर्जनात्मक पदवी‘पन्तप्रसाद निराला’ पाउने महाकवि देवकोटा यो पंक्तिकार जन्मनु अघि नै स्वर्गबाशी हुनु भएपनि उहाँक साहित्य नै चुरोट थियो भन्ने गरिन्छ ।
(तस्वीर सौजन्य ः किङ्ग महेन्द्र एण्ड क्विन्स भिजिट टु यूएसए इन १९६७ अपलोड ३० अगष्ट ई.सं.२०२१,फेशबुक डट कम । सबै मार्फत गुगल इन्टरनेट १९ डिसेम्बर ई.सं.२०२३ ।)
“कविता शेरचनको ‘भूपीः अ डाउटर्स मेमोआयर’(भूपीः छोरीको संस्मरणमा) २२५ पृष्ठको पुस्तकको अन्त्यमा
दुई दर्जन जति फोटाहरू मध्य दोस्रो फोटो भूपीको हातमा चुरोट समातेको फोटो नराखेको भए हुन्थ्यो । यसले नकारात्मक सन्देश जान्छ ई.सं.१९४५ याल्टा सम्मेलनमा स्तालिन, रुजबेल्ट र चर्चिल बसेको फोटोमा चर्चिलको हातमा चुरोटको (कु)चर्चाले त्यो फोटो छापिन छाडियो” भनेर त्रिविवि अर्थशास्त्र विभागका पूर्व प्राज्ञ भरत पोखरेलले उक्त तस्वीर सहित २३ श्रावण बि.सं.२०८० मा आफ्नो सामाजिक सञ्जालको भित्ता मार्फत साझा गर्नुभएको बिचारले पनि विश्वमा चर्चित नेताहरुको तम्बाकुप्रतिको अम्बल जान्ने जिज्ञाशा जागेको थियो । प्रो हैन्स फरस्टीले त्यही तस्वीर श्याम स्वेत रुपमा आफ्ना विचारमा प्रस्तुत गर्नु भएको पाइन्छ । रुजबेल्ट ‘क्यामेल्श’ ब्राण्डको चुरोट पिउनु हुन्थयो–चुरोट पिउन पाउँदा उहाँ अत्यन्त खुशीको मूडमा देखिनु हुन्थ्यो । सिगार हातमा लिईराख्ने चर्चिललाई उपहारमा सिगार आउने हुनाले कुन ब्राण्डको पिउनुहुन्थ्यो भन्ने एकिन गर्न नसकिपनि सिगारको जन्मदाता क्यूवाका सिगार उहाँलाई मन पर्दथ्यो भन्ने पनि गरिन्छ ।ई.सं.२००७ मा स्कट पत्रकार स्टेफेन मैकगिन्टीले मैकमिलन प्रकाशनबाट निकालेको चर्चिल नामको कितावको समेत उल्लेख गर्दै ‘रोमीयो वाई जुलेटा–ला कोरोना–अरोमा डे क्यूवा–डन ज्वक्यूइन’ जस्ता ब्राण्ड उहाँलाई मन पर्ने हुनसक्छ भन्दै न्यूयोर्कका ब्यापारी सैम्यूल कापलानले ठूलो आकारको हवानाको ला कोराना चर्चीललाई उपहार पठाउनु हुन्थ्यो भन्ने पनि गरिन्छ । दार्शनिक,राजनीतिज्ञ सवैले तम्बाकुजन्य धुम्रपान गरेका उदाहरणहरु समेत छन् । राजनीतामा लागेपछि हुने तनाव कम गर्न पनि चुरोटले सहयोग गर्छ भन्ने सुनेको हो । प्राय राजनीतिक दलहरुमा पहिलेको पिढीपछि भावि पिढीमा नेतृत्व तथा बर्चस्वको खिचातानी,अर्थ आशक्ततता,स्थानीय एव क्षेत्रीयताको बीच अन्तर छुट्याउन नसकी बिशेष क्षत्रीयबादी भएर देश बिरोधी बाह्य शक्तिको प्रियपात्र हुन खोज्ने प्रवृति र विश्व परिस्थितिको कारण दलको मूल्य मान्यता र अस्तित्वमा आँच नपुगोश भन्नाको खातिर पनि पुरानै नेतृत्वले दलको नेतृत्व गरेका उदाहरणहरु छन् । यस्ता पाका नेताहरुको उत्तरार्धमा अनेक मनोरोगको नजानिदो तरिकाले रोगी हुने भएकाले बढी धुम्रपान गर्ने गर्छन भनेर पनि चर्चा गरिएको पाइन्छ । प्रो हैन्स,फरस्टीले केही नेताहरुको पाइएको रोगबारे प्रकाश पार्नु भएको थियो जस्तै– (क) विलियम एच टाफ्ट ई.सं.१८५७–१९३० अमेरिका,कार्यकाल १९०९–१९१३,पहिलो लक्षण १९०९मा,थाहा भएको रोग–रिभर्सीबल एमसीआइ–माइल्ड कग्निटिभ इम्पैरमेण्ट,स्लीप एप्नयी,ओबेसिटी । (ख) विड्रो विल्सन ई.सं.१८५६–१९२४ अमेरिका,कार्यकाल १९१३–१९२१,पहिलो लक्षण १९१९ मा,थाहा भएको रोग–स्ट्रिोक्श,मिक्श्ड डेमेनसीया । (ग) लेनिन ई.सं.१८७०–१९२४ सोभियत सङ्घ,कार्यकाल १९१७–१९२४,पहिलो लक्षण १९१८ मा,थाहा भएको रोग–स्ट्रिोक्श,ट्राउमा,न्यूरोसीफिलिश । (घ) पाउल डेशचैनल ई.सं.१८५५–१९२२ फ्रान्स,कार्यकाल १९२०–१९२०,पहिलो लक्षण १९२० मा,थाहा भएको रोग–फ्रोन्टोटेम्पोरल डिजेनेरेशन । (ङ) पाउल हिडेनबर्ग ई.सं.१८४७–१९३४ जर्मनी,कार्यकाल १९२०–१९३४,पहिलो लक्षण १९३३ मा,थाहा भएको रोग–एमसीआइ । (च) एण्टोनीयो सालाजर ई.सं.१८८९–१९७० पोर्तुगल,कार्यकाल १९३२–१९६८,पहिलो लक्षण १९६८ मा,थाहा भएको रोग–ट्राउमैटिक हैमरैज । (छ) फ्रैकलिन डी रुजबेल्ट ई.सं.१८८२–१९४५ अमेरिका,कार्यकाल १९३३–१९४५,पहिलो लक्षण १९४५ मा,थाहा भएको रोग–मल्टीमोरबीडीटी,भैसकुलर एमसीआइ ।
(ज) फ्रान्सीस्को फ्रैङ्को ई.सं.१८९२–१९७५ स्पेन,कार्यकाल १९३८–१९७५,पहिलो लक्षण १९७४ मा,थाहा भएको रोग–मल्टीमोरबीडीटी,पार्किन्सन’स डिजीज,मसीआइ,कोमा । (झ) फिलिप पेटैन ई.सं.१८५६–१९५१ फ्रान्स,कार्यकाल १९४०–१९४४,पहिलो लक्षण १९३१ मा,थाहा भएको रोग–एमसीआइ,डेमेनसीया । (ञ) विन्सटन चर्चिल ई.सं.१८७४–१९६५ संयुक्त अधिराज्य बेलायत,कार्यकाल १९४०–१९४५ तथा १९५१–१९५५,पहिलो लक्षण १९५३ मा,थाहा भएको रोग–डिप्रेशन स्ट्रोक्श ।
(ट) माओ त्से तुङ्ग ई.सं.१८९३–१९७६ चिन,कार्यकाल १९४९–१९७६,पहिलो लक्षण १९७१ मा,थाहा भएको रोग–एमाइट्रोफिक लैटरा स्कालेरोसिस । (ठ) उर्हो केक्ओनेन ई.सं.१९००–१९८६ फिनलैण्ड,कार्यकाल १९५६–१९८१,पहिलो लक्षण १९८१ मा,थाहा भएको रोग–एमसीआइ,अर्ली भैसकुलर डेमेनसीया । (ड) फिडेल कैष्ट्रो ई.सं.१९२६–२०१६ क्यूवा,कार्यकाल १९५६–२००८,पहिलो लक्षण २०१२ मा,थाहा भएको रोग–मल्टीमोरबीडीटी,एडी । (ढ) हविव बुरगाइबा ई.सं.१९०३–२००० ट्यूनिशीया,कार्यकाल १९५७–१९८७,पहिलो लक्षण १९८०मा,थाहा भएको रोग–एडी ।
(तस्वीर सौजन्य ः प्रा.भरत पोखरेल–त्रिविवि–सामाजिक सञ्जाल,प्रो हैन्स फरस्टी । युट्यूब,समाचार पाटी डटकम । आइएनएफ डट न्यूज–हिस्ट्री । अमित मालवीयको १५ नोभेम्बर ई.सं. २०१७ ट्वीट–एएलटी न्यूज । माई ग्यालरी अफ हिस्ट्री–वान अफ जोसेफ स्टालिन’स एक्च्यूल स्मोकिङ्ग पाइप्स । सबै मार्फत गुगल इन्टरनेट १९ डिसेम्बर ई.सं.२०२३ ।)
चिनका नेता माओत्सेतुङ्गले पनि रेडगार्डहरुसँग अन्तरक्रिया गर्दा सिगरेट पिउनु हुन्थ्यो भन्ने पनि सुनिएको हो । एक पटक माओले खै सिगरेट पिउन पाइएन भन्दै गार्डलाई गाली गर्नु भएको थियो रे भन्ने पनि गरिन्छ । कम्युनिष्ट पार्टी अफ इण्डिया–मालेले प्रकाशित गरेको ‘सेलेक्टेड वक्र्श अफ चेयरम्यान माओत्सेतुङ्ग’ पुस्तकमा पनि माओले चुरोट पिएको तस्वीर थियो । ई.सं. १९६० को अन्तिमतिर बेजिङ्ग टोवाकोबाट उत्पादन भएको ‘झोङ्गनान्हाई’ ब्राण्डको चुरोट माओले पिउने गर्नुहुन्थयो भनेर पनि सोसलमेडीयामा भेटिन्छ । उहाँका प्रशंसकहरु मध्ये महिला कार्यकर्ताहरुले चुरोट सल्काईदिएका स्वभाविक तस्वीरहरुलाई पश्चिमा सञ्चारमाध्यममा माओलाई महिलासँग जोडेर हेरिएको भन्ने चर्चापनि सुनिएको थियो ।
ई.सं.१९४९ मा चिनमा ८० विलियन चुरोट खपत हुन्थ्यो भने सन १९९० को मध्यसम्म १.७ ट्रिलियन खपत भएकोले चिनमा साम्यबादीहरुले चुरोट पिउन खुला गरेको कारणले क्रान्तिबाट भन्दा चुरोट पिएर बढी मानिशको मृत्यु भएको भन्नेहरु पनि भेटीएका छन् । भारतीय काँग्रेशका समाजबादी नेता तथा भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुलाई कशैले दिनभरीमा २–३ वटा मात्र चरोट पिउने गर्नुहुन्थयो भन्छन त कोही चेन स्मोकर भन्छन् । नेहरूजीको सुरक्षा अधिकारी एफ रुस्तमले आफ्नो पुस्तक ‘आई वाज नेहरु’ज शैडो’ मा ‘शुरु शुरुमा २०–२५ वटा र पछि गएर सिर्फ ५ वटामात्र चुरोट दिनभरीमा पिउने नेहरुसँग एक बट्टा चुरोट–एक वट्टा सलाई र एउटा पुस्तक सहितको सधैँ एउटा कालो ब्रीफकेस हुन्थ्यो’ भनेर स्मरण गर्नु भएको पाइन्छ । नेहरूजीलाई ‘स्टेट एक्सप्रेस ५५५’ ब्राण्डको चरोट मन परेपनि ‘ब्ल्याक एण्ड हवाइट’पनि खाने गर्नु हुन्थयो । नेहरु एक पटक भोपालको भ्रमणमा जानुहुँदा खाना खानेबित्तिकै पिउने बानी अनुरुप मनपरेको चुरोट खोज्नु भएछ । त्यहा किन्न नपाइने भएपछि नेहरुको मन पर्ने ब्राण्डको चरोट मगाउन मध्य प्रदेशका गर्भनर हरि विनायक पाटस्करले हवाईजहाज इन्दौर पठाउनु भएछ । नेपालमा पनि पूषको महिनामा क्षेत्रीय भ्रमणको सिलसिलामा धनकुटामा सवारी हुँदा राजा वीरेन्द्रलाई काँक्रो खान मन लागेपछि अहिलेको जस्तो बेमौशमी तरकारी नहुने त्यसबेलाको समयमा हेलिकप्टरबाट काठमाण्डौँ पठाएर मगाइएको थियो भनेर प्रजातन्त्रको पूर्नस्थापनापछि हल्ला चलेको थियो । जो सुकै भएपनि अति उच्च पदस्थ पदाधिकारीहरुको खानपिन बारे भ्रमण दलका पदाधिकारी तथा सम्बद्ध व्यवस्थापकलाई थाहा हुनुपर्ने रहेछ भन्ने बुझिन्छ । कम्यूनिष्ट नेता मोहन चन्द्र अधिकारी,मोहन बैध,मोहन बिक्रम सिंहले चुरोट पिएको जानकारी नभएपनि पञ्चायतकालीन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द तथा मरिचमानसिंह श्रेष्ठ चाहिँ बिडि चुरोट सिगार जे भेटेपनि पिउनु हुन्थ्यो । बामपन्थी नेता पुष्पलाल र एशियाका चर्चित समाजबादी नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला नेपाली काँग्रेशका पूर्व सभापति तथा प्रर्व प्रधानमन्त्री गीरीजाप्रसाद कोइराला पनि चुरोट पिउने गर्नुहुन्थयो । नेपाली काँग्रेशका सभापति तथा प्रर्व प्रधानमन्त्री शेर बहादुर देउवाले चुरोट एकान्तमा गएर धित मर्नेगरी चुरोट पिएको तस्वीर सोसल मेडीयामा प्रशारित भएको थियो । भारतीय जनता पार्टीका आइटी विभागीय प्रमुख अमित मालवीयले १५ नोभेम्बर ई.सं.२०१७ मा डीएनए प्रसङ्गको एक ट्वीटमा नेहरुको महिलासँग सिगरेट पिएको तस्वीर साझा गर्नु भएको थियो । चासो दिनुपर्ने र नपर्ने विषयहरुको प्राथमिकता तय गर्न नसक्दा सोसलमेडीयाहरु पनि विवादमा परेका पाइन्छ । जर्जीयाको एक प्रतिनिधी मण्डल आएको बखत आफुले पिउने गरेको पाइप टेवलमा कागजले छोपिएर राखेको ठाउँ बिर्शिएपछि लौ तीनै जर्जीयाका प्रतिनिधीले लगे की क्या हो गएर मागेर ल्याउनु भनेर गोप्य सुरक्षा प्रमुख बेरीयालाई स्टालिनले अह«ाउनु भएर बेरीयाले उनीहरुलाई सोधेपछि आधी प्रतिनिधीले आफुहरुले लगेको स्वीकार गरेका र आधिले चाहिँ सोध्ने बित्तिकै बेहोश भएको जस्ता ठट्टा गर्ने सोभियत संघका पूर्व राष्ट्राध्यक्ष जोसेफ स्टालिन दिनमा २ वटा सिगरेट पिउने गरेको त्यो पनि बिचमा पाइपमा हालेर पिउने गर्नुहुन्थयो भनिन्छ ।
(तस्वीर सौजन्य ः माई ग्यालरी अफ हिस्ट्री–वान अफ जोसेफ स्टालिन’स एक्च्यूल स्मोकिङ्ग पाइप्स,मार्क ल्याथेम–ग्यारी स्कल्ज । ओल्ड पाइप्स । सबै मार्फत गुगल इन्टरनेट १९ डिसेम्बर ई.सं.२०२३ ।)
कशैले स्टालिनको पाइप अलि सफा कम हुन्थ्यो भनेका छन् । ‘हर्ज गोभिना फ्लोर’ ब्राण्डको तम्बाकु पाइपमा हाल्नु हुन्थयो । भनिन्छ उहाँलाई प्रशंसकहरुले हशिया हथौडा तथा सोयियत सङ्घको नक्शा कुँदेको पाइप पनि उपहारमा ल्याई दिने गर्थे । उहाँको पाइप पिउने व्यवहारलाई जनता तथा विचारको प्रतिक मानिन्थ्यो जस्तै–(क)मुखबाट पाइप हटाउँदा विचार अर्थात मनमा परिवर्तन वा असहत (ख) पाइप मुखबाट टेवलमा राख्दा केही भन्नु पर्ने,निर्देशन दिनु पर्ने रहेछ (ग) मुखमा पाइप रहदा केही आनन्द महसुश,केही स्वीकृती ।
र अन्त्यमा,धुम्रपान गरेको तस्वीर सार्वजनि गर्दा नकरात्मक सन्देश जान्छ भनेर चिन्ता जाहेर गर्नु उपयुक्त हो । तर,राजनीतिमा अराजनीतिक संस्कार भित्रीएर आफ्नो स्वार्थको लागि मतदाता जनताको सार्वभौम अधिकार नै बिक्रिगर्ने राजनीतिज्ञहरुको कारण जनतामा देखिएको निराशा र क्रोधबाट सिर्जना हुने रोग के धुम्रपान गरेको कारणबाट हुने रोग भन्दा कम पीँडादायक हुन्छ र ? हो, धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ । “…र म भन्छु ‘करप्ट फ्युडल् कर्पारेट प्लुटोक्रेटिक पोलिटिकल क्यापिटलिज्म’ त देश र जनताको दिर्घायु स्वस्थ्यको लागि चुरोटको खिल्ली भन्दा झन विपत्तीपूर्ण छ”(जगदीशराज बराल,२०७९ । पार्टी–नेता भन्दा त सिगरेटको खिल्ली बेश । साँघु साप्ताहिक–साँघु न्यूज डटकम । फागुन १७ गते बि.सं.२०७९) । (समाप्त) ।