आइसिएफसि फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौं । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो बीसौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९।८०को मुनाफाबाट चुक्ता पू“जीको ६।५५ नगद लाभांशदिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।८१को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।
सर्वसाधारण समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टरार्ई आगामी चार वर्षको लागी निर्विरोध निर्वाचित भएका छन् । चुक्तापूजी रु.एक अर्ब अठार करोड चौतीसलाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २१ वटा एटिएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदै आएको छ ।

















