आईसीसी यू–१९ विश्वकप : नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने
काठमाडौँ । जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आइतबारको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।
यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।