नाडामा समितिका सभापति चयन, ‘अटो शो’को संयोजकमा बराल
काठमाण्डौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले समितिको सभापति चयन गरेको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले समितिको सभापति चयन गरेको हो । बैठकले नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई चयन गरेको छ । उनी आमन्त्रित सदस्य पनि बनेका छन् । राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन् । उपाध्यक्ष राजनबाबु श्रेष्ठ इलेक्ट्रीक भेहिकल समितिको सभापति चयन भएका छन् ।
उपाध्यक्ष निराकार श्रेष्ठ चार पाङ्ग्रे भेहिकल समिति सभापति बनेका छन् । कोषाध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समितिको सभापति चयन भएका छन् । प्रदेश समन्वय तथा सदस्यता वितरण समितिको सभापतिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन समितिमा अभिक ज्योति, वातावरण समितिमा कपिल शिवाकोटी चयन भएा छन् । स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चुनिएका छन् ।