६१ किलो सुन प्रकरण : भीमकान्त भण्डारीले पनि दिए बयान

काठमाडौं । गत साउन २ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६१ किलो सुन प्रकरणमा छानबिन गर्न गठित समितिले विद् ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

बिहीबार भण्डारीले सिंहदरबारमा रहेको छानबिन समितिको कार्यकक्षमा पुगेर बयान दिएका हुन् । नेपाल सरकारका पूर्व कर्मचारीसमेत रहेका भण्डारी सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुसँग जोडिएको सीआईबीको आशंका छ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छााबिनको दायरामा परेका हुन् ।

समितिले बोलाएपछि भण्डारी बिहीबार सिंहदरबार गएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *