सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरेको छ । निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो ।

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत् पेस गर्नु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *