बालकुमारी घटनामा संलग्न मन्त्री ज्वालालाई कारवाही गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई कारवाही गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनाको छानबिन आयोगले दोषी ठहर गरेपनि मन्त्रीलाई अहिलेसम्म कारवाही नगरेको भन्दै आपत्ति जनाएका हुन् । बर्तौलाले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरे । साथै उनले बालकुमारी घटनामा गृहमन्त्री समेत कारवाहीको दायरामा पर्नुपर्ने माग गरेका थिए ।

साथै बर्तौलाले सरकारमा रहेका मन्त्रीहरु भ्रष्ट्राचार प्रकरणमा अख्तियारको छानबिनको दायरामा रहेको भन्दै अख्तियारले अनुसन्धान गरिरहेका मन्त्रीहरुबाट कस्तो सुशासनको अपेक्षा गर्ने भन्दै आपत्ति जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *