टेस्ला मोडल थ्री नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ । अरेट इन्टरनेशनलले बिहीबार एक कार्यक्रम गर्दै टेस्ला मोडल थ्रीको गाडी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रीक कार बर्गमा सर्वोत्कृष्ट स्थान रहेको छ । टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्स भर्सन हो । फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ । कम्पनीका अनुसार यो गाडीले ५५० किलोमिटर रेन्ज दिने छ । ५८ किलोवाट हावरको ब्याट्री दिएको यो गाडीमा १८४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । ५।८ सेकेन्डमै १०० किलोमिटरको रफ्तार भेटाउछ । रियर ह्वील ड्राइभमा आधारित यो गाडीले ३४० एनएम टर्क जेनेरेट गर्छ ।

‘टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको फेसलिफ्ट मोडलले कम बजेटमा लग्जरी कार चढ्न चाहने ग्राहकको चाहना पुरा गर्नेमा हामी विश्वस्त छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा बताइएको छ । पहिलो पटक कूलिंग सहितको भेन्तिलेतेद सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो । एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटीसीए) बाट ५ स्टार को रेलिंग प्राप्त गरेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं । यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन । यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेकोछ । गियर शिफ्टिंग, इण्डिकेटर प्रयोग लगायतका फंक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इण्टेरिएर अझ फराकिलो र सुन्दर बनेको छ । पछाडि बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *